भारतको राष्ट्रिय नारामाथि प्रधानमन्त्रीको प्रश्न– सत्यमेव जयते कि सिंहमेव जयते ?

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमी मिचेको भन्दै भारतलाई उसको राष्ट्रिय नारामाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय प्रधानमन्त्री ओलीले भारतलाई उसको नारा सिंहमेव जयते कि सत्यमेव जयते हो ? भन्दै प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले भने, “भारतको प्रतीक चिह्नमा रहेको चार मुखे सिंहको मुनि सत्यमेव जयते लेखिएको छ । भारत के सत्यमेव जयते मान्‍न तयार छ कि सिंहमेव जयते ?

उनले मन्त्रिपरिषदबाट सोमबार पारित भएको नयाँ नक्साले पाठ्यपुस्तकदेखि लिएर धेरै कुरामा परिवर्तन ल्याउने जिकिर गरे । मानचित्रमा एक खालको परिवर्तन ल्याएको र अरु धेरै कुरामा विस्तारै परिवर्तन आउँदै जाने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here