सेयर बजारमा भारी वृद्धि, ३१ अंकले परिसूचक बढ्दा १ अर्बको कारोबार

काठमाडौँ, ८ वैशाख । साताको पहिलो दिन आइतबार सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१.८९ अंकले वृद्धि भइ १२६४.२० पुगेको छ । आइतबार १७१ कम्पनीका ३३ लाख २७ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब दुई करोडको कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै बैंकिङ समूहको सूचक ४५.९४ अंकले बढ्यो, त्यस्तै होटल समूहको सूचक ३४.८ र लघुवित्त समूहको सूचक २६.९१ अंकले बढ्यो । अन्य समूहको सूचक पनि बढेको छ तर, निर्जीवन बीमा र उत्पादनमुलक समूहको सूचक भने घटेको छ ।

उत्पादनमुलक समूहको सूचक ११.९२ अंकल घट्दा निर्जीवन बीमा समूहको सूचक ७.२२ अंकले घटेको छ ।

यस्तै आइतबार सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको १४ करोड ८० लाख रुपैंयाको सेयर कारोबार भयो भने दोस्रोमा एनआईसी एसिया बैंकको ४ करोड ३९ लाख रुपैंया बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here