उपत्यकामा ५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ६ जेठ । उपत्यकामा ५ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार काठमाडौं जिल्लामा ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्।

ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here