कोरोनाको उच्च जोखिम मोलेर सीमानामा अलपत्र परेका नेपालीलाई उद्धार गर्दै सशस्त्र प्रहरी

दोधारा, ६ जेठ । सरकारको लक–डाउनको निर्णयलाई कार्यान्वयन गराउन तथा जनताको रक्षा गर्न सडक देखि सीमा नाका सम्म चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ छन् ।

ज्यानको जोखिम समेत ख्याल नगरेर सुरक्षाकर्मी परिचालित भएका छन् तर सुरक्षाकर्मी संग व्यक्तिगत सुरक्षाका लागि पर्याप्त स्रोत साधन भने छैनन् ।

भारतले नेपालीहरुलाई आफ्नो देशबाट धपाउन थालेपछि माहाकाली नगरपालिकामा रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको कमाण्डमा झण्डै १ सय ५० जनाको टोली २ महिना देखी राती राम्रो संग सुत्न समेत पाएको छैन् ।

माहाकाली नगरपालिका संग जोडिएको भारतको ठूलो प्रान्त उत्तराखण्ड र उत्तर प्रदेशको ३५ किलोमिटर क्षेत्रमा चौबिसै घण्टा ड्युटीमा तल्लीन देखिन्छन् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीमा कार्यरत एक जवानले आफुहरु राम्रो संग खान र सुत्नको समय नपाएकाको बताएका छन् ।

‘भर्तीको बेला तालिममा समेत यस्तो भएन’ नाउ उल्लेख नगर्ने सर्तमा सशस्त्र प्रहरी जवानले भने– ‘ज्यान जोखिममा ड्युटी गरेका छौ तै पनि खुशीनै छौ ।’

सशस्त्र प्रहरीले माहाकाली नगर क्षेत्रमा कोभिड १९ नियन्त्रण तथा रोकथाम गर्न ‘मिशन’नै चलाएको छ् । माहाकाली नगरपालिका संग समन्वय गरि कोरोना रोकथाममा सशस्त्र प्रहरीले प्रशंसनिय भुमिका निर्वाह गर्दै आएको स्थानियहरुले बताएका छन् ।

सशस्त्र प्रहरीको जनशक्तीको अभावको बाबजुत माहाकाली नगरपालिका नगर क्षेत्रमा नेपाल–भारत सिमा सिल गर्ने तथा आन्तरिक लकडाउनमा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् ।

‘माहाकाली नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीको कोरोना भाइरस नियनत्रणको बेला प्रशंसनिय भुमिका रहदै आएको छ्’ माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए ।

भारतबाट लुकी छिपी आएर सिमा क्षेत्रमा अलपत्र परेका ३ सय ८० भन्दा बढी नेपालीलाई सकुशल उद्धार गरि क्वारेन्टाईन र दशगजा क्षेत्रमा राख्न सफल भएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीले जनाएको छ् ।

यती बेला कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागी माहाकाली नगरपालिकामा सशस्त्र प्रहरीको प्रमुख भुमिका रहदै आएको बताईन्छ् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीको प्रहरी निरिक्षक राम सिंह भण्डारीको राम्रो कमाण्डकै कारण माहाकाली नगरपालिकामा सुरक्षा ब्यवस्था सबल भएको जानकारहरु बताउँछन् ।

सशस्त्र प्रहरीले माहाकाली नगरपालिकामा रहेको आफ्नो न्यून जनशक्तिलाई अधिकतम प्रयोग गरेर सीमा क्षेत्र र बजार क्षेत्रमा प्रभावकारीरुपमा परिचालन गरेको बताईन्छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here