कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएका डाक्टरमा देखियो कोरोना

काठमाडौं, ६ जेठ । नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पुष्टि भएका ललितपुरका कोरोना संक्रमित स्वास्थ्य सेवा विभागका स्वास्थ्यकर्मी रहेको खुलेको छ।

उनी पाँच दिनअघि कपिलवस्तु र रुपन्देहीमा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएका थिए ।

संक्रमित पुष्टि भएका स्वास्थ्यकर्मी कन्ट्याक्ट ट्रेसिङबाट फर्किएर होम क्वारेन्टाइनमा बसेको थियो ।

यसअघि नेपालमा नर्समा कोरोना भाइरसको संक्रमण देखिएपनि डाक्टरमा भने देखिएको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here