भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार नाघ्यो, एकैदिन ६ हजार थपिए

काठमाडौं, ७ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ ।

एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो ।

बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ३०३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १४६ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार ५ सय ५३ पुगेको छ।

संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ। अहिलेसम्म ४९ लाख ८२ हजार ८ सय ७५ जना संक्रमित भएका छन्। हिजो एकै दिन विश्वभर गरेर ९४ हजार ७ सय ५१ जना नयाँ संक्रमित थपिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here