लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सावर्जनिक

काठमाडौं, ७ जेठ । सरकारले दुई दिन अगाडी मन्त्रिपरिषद्बाट पास गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गरेको छ।

भूमिसुधार मन्त्रालयले औपचारिक कार्यक्रममार्फत नयाँ नक्सा सार्वजनिक गरेको हो ।

यसअघि सरकारले निर्णय गरेपनि नक्सा सार्वजनिक नगरेको भन्दै संसदमा प्रश्न उठेको थियो । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय मूख्यसचिवबाट प्रमाणिकरण गरेसँगै आज सार्वजनिक गरेको हो ।

नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ भने यो नक्सामा सङ्घीयताअनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ ।

नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ। अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here