तीन वर्षीय बालकसहित थप २५ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ जेठ । नेपालमा तीन वर्षीय बालक सहित थप २५ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।

बुधबार नै कोशी अस्पतालमा उपचारपछि ८ जना डिस्जार्च भएका छन् । यो सँगै डिस्जार्च हुनेको संख्या ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here