भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं, ८ जेठ । भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ ।

बिहान ८ बजेर १६ मिनेट जाँदा ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो ।

बिहीबार बिहान दार्चुला केन्द्रबिन्दु भएर २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here