भारतमा कोरोना संक्रमितको संख्या एक लाख १२ हजार नाघ्यो

काठमाडौं, ८ जेठ । भारतमा पछिल्लो चौबीस घण्टामा पाँच हजार ६०९ नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या एक लाख १२ हजार ३५९ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट एकैदिन एक सय ३२ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म तीन हजार चार सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here