नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु (विज्ञप्ती सहित)

फाइल फोटो

काठमाडौं, ८ जेठ । नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोटका उनी गएको जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो । उनले गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका थिए ।

उनको भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा उपचार भइरहको थियो।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ।

यसअघि बाँकेको नरैनापुर गाउँपालिकाको एउटा क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको र सिन्धुपाल्चोकको एक सुत्केरी महिलाको मृत्यु भएको थियो । यद्यपि स्वास्थ्य मन्त्रालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here