उपत्यकाका सबै नाका सिल गर्न गृहको निर्देशन, प्रवेश गर्न नयाँ नियम

काठमाडौं, ८ जेठ । उपत्यकाभित्र कोरोनाभाइरसको जोखिम बढेको भन्दै गृह मन्त्रालयले प्रवेश गर्ने सबै नाका सिल गर्न निर्देशन दिएको छ ।

सबै स्थानीय तहको सुझावका आधारमा मन्त्रालयले अत्यावश्यक काममा बाहेक काठमाडौं प्रवेश निषेधको गर्न परिपत्र गरेको हो ।

गृह मन्त्रालयले बुधबार उपत्यकाभित्रका स्थानीय तहहरूलाई पठाएको छ बुँदे परिपत्रमा अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा रोक लगाउने उल्लेख छ।

लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ ।

पत्रमा काठमाडौँ उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नु पूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पनि उल्लेख छ ।

‘नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौँ उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंमले क्वारेनटायन खर्च भुक्तानी गर्ने गरी स्म्भावित क्वारेन्टाइन प्रयोजनका लागि लागन संकलनर अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने,’ पत्रमा भनिएको छ,।

उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षण गरी सोको रिपोर्टसाथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने,’ गृहको परिपत्रमा भनिएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा भेटिएका कोरोनाभाइरस संक्रमितमध्ये अधिकांश बाहिरबाट आएकाहरू छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here