कोरोना उपचाररत चार जना डिस्चार्ज

काठमाडौं, ८ जेठ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् ।

टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।

महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्को एक महिला चन्द्रागिरी निवासी हुन् । थप एक जनाको भने विस्तृत विवरण आइसकेको छैन ।

यो सँगै नेपालमा कोरोना उपचारपछि निको हुनेको संख्या ४९ पुगेको छ। बुधबार विराटनगरस्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थप आठ जना संक्रमित डिस्चार्ज भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here