थप ९ जना कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं, ८ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार बिहिबार ९ जना संक्रमित थपिएका हुन् । प्रवक्ता देवकोटाको अनुसार रुपन्देही १ र झापामा ८ जना थपिएका पुरूष उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ। कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here