कागेश्वरीमा २३ को आरडीटी पोजेटिभ, पीसीआर नेगेटिभ

काठमाडौं, ९ जेठ । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा गरिएको कोरोना भाइरसको आरडीटीमा पोजेटिभ देखिएका २३ जनाको पीसीआर भने नेगेटिभ आएको छ ।

नगरपालिका क्षेत्रमा जोखिम भएका प्रहरी, महिला स्वयंसेविका, तरकारी व्यवसायी र मासु पसले गरी २०० जनाको सोमबार गरिएको आरडीटीको प्रतिवेदनमा पोजेटिभ देखिएको थियो ।

आलापोट स्वास्थ्यचौकीमा भने १७५ जनामा गरिएको आरडीटीमा २१ जनालाई पोजेटिभ देखिएको कार्यालय प्रमुख जगत नेपालीले जानकारी दिए ।

आरडीटीमा पोजेटिभ देखिएकाको त्यसै दिन पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । टेकुबाट बिहीबार बेलुकी सबैको परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखिएका सबैलाई घर पठाइएको उनले बताए ।

यसअघि आरडीटी प्रतिवेदन पोजेटिभ आएकामा १२ पुरुष र नौ महिला थिए । कोरोनाको आरडिटीमा पोजेटिभ देखिएपछि सो क्षेत्र सुनसान बनेको थियो । यसैगरी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा आरडीटी गरी पोजेटिभ आएका दुई जनाको पीसीआर प्रतिवेदन पनि नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here