३२ घण्टापछि उठ्यो कोरोना संक्रमणबाट ज्यान गुमाएका गुल्मीका शिक्षकको शव

फाइल फोटो

काठमाडौ, ९ जेठ । कोरोना भाइरस कारण निधन भएका गुल्मीका एक शिक्षककोे शव ३२ घण्टापछि व्यवस्थापन गरिएको छ ।

शुक्रबार दिउँसो तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित क्रिमसन अस्पतालबाट शिक्षकको शव स्थानीय प्रशासनले व्यवस्थापन गरेको हो । उनको विहीबार विहान उपचारकै क्रममा ज्यान गएको थियो ।

उनको शव अस्पतालबट बहिर अस्पतालकै कर्मचारीले ल्याएका थिए भने अस्पतालबाट बहिरको व्वस्थापन नेपाल प्रहरी र नेपाली सेनाको टोलीले गरेको छ।

स्थानीय प्रशासनले तिलोत्तमा नगरपालिका कै वडा नम्बर १ स्थित शंंकरनगर सामुुदायिक वन क्षेत्रमा शब व्वस्थापन गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here