एक वर्षमै दोब्बर भए मोवाइल बैकिङ प्रयोगकर्ता

काठमाडौं ९, वैशाख । मोवाइलबाटै बैकिङ कारोबार गर्ने उपभोक्ता एक वर्षमै झण्डै दोब्बरले बढेका छन् ।

चाहेको समयमा आफूलाई पाएक पर्ने स्थानबाटै कारोबार गर्न सकिने भएकाले मोबाइल बैकिङ प्रयोगकर्ता बढेको जानकारहरु बताउँछन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत फागुनसम्म ६३ लाख ९४ हजार मोवाइल बैकिङ प्रयोगकर्ता छन् । गत वर्षको तुलनामा झण्डै दोब्बरले बढी हो । ०७४ फागुनसम्म यो संख्या ३५ लाख ३० हजार थियो ।

हाल बैंक तथा वित्तीय संस्थाले हरेक कारोबारमा ग्राहकलाई अनिवार्य रुपमा एसएमएस लगायत ‘अलर्ट’ सुविधा दिनु पर्ने व्यवस्था छ । करिब एक वर्ष अघि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसकारण पनि पछिल्लो एक वर्षमा मोवाइल बैकिङ प्रयोगकर्ता संख्या झण्डै दोब्बरले बढेको बैंकरहरु बताउँछन् ।

मोवाईल फोनको माध्यमबाट इन्टरनेट मार्फत हुने वित्तीय गतिविधि मोबाईल बैकिङ कारोबार हो । हाल बैंक तथा वित्तीय संस्थाले उपभोक्तालाई मोवाइल धेरै किसिमका बैकिङ गतिविधि गर्न पाउने सुविधा दिएका छन् । पछिल्ला दिनमा मोबाइल बैकिङको प्रयोगकर्ता बढदै गएको राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई सुरक्षित, स्वस्थ र सक्षम बनाउने उद्देश्यले ०७२ असारमा छुट्टै भुक्तानी प्रणाली विभागको स्थापना गरेको हो ।

भुक्तानी प्रणालीको सञ्चालन तथा व्यवस्थापनका लागि भुक्तानी तथा फर्छ्र्याैट ऐन (२०७५), भुक्तानी तथा फर्छ्यौट विनियमावली (२०७२), भुक्तानी सम्बन्धी कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति (२०७३), भुक्तानी सम्बन्धी निरीक्षण फ्रेमवर्क (२०७४) लगायतका कानूनी तथा नीतिगत व्यवस्था कार्यान्वयनमा छन् ।

यही कारण पछिल्लो समयमा भुक्तानी प्रणालीका विभिन्न उपकरणको प्रयोगमा विस्तार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here