नुवाकोटका एक जना पुरूषमा कोरोना संक्रमणको पुष्टि

नुवाकोट,११ जेठ । नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका पुरूषले काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता भएको स्रोतले जनाएको छ ।

ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको बुझिएको छ । कोरोना संक्रमित पुरूष राजनीतिमा सक्रिय रहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here