अर्थतन्त्र चलायमान बनाउन सरकारले आर्थिक प्याकेज ल्याउने

काठमाडौं, १२ जेठ । अर्थतन्त्र चलायमान बनाउन सरकारले आर्थिक प्याकेज ल्याउने भएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार राष्ट्रको नाममा संवोधन गर्दै उक्त कुराको जानाकारी गराएका हुन् ।

कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, यसबाट सिर्जित संकटबाट मुलुकको अर्थतन्त्रलाई रक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताए ।

सरकारले आर्थिक प्याकेज बारे अर्थमन्त्रालयले कार्यविधि बनाइरहेको बताएका हुन् ।

उनले यस्तो आर्थिक प्याकेजमा कर सहुलियत, शुल्क मिनाहा, ब्याज छुट र विद्युत महशुल छुटजस्ता बिषयहरु रहेको बताए।

लकडाउने समग्र अर्थतन्त्रमा परेको संकट परेको भन्दै उनले यसप्रति सरकार गंभीर र संवेदनशील रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here