आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने, प्रतिव्यक्ति आय १ लाख २६ हजार १८ रुपैयाँ

काठमाडौं, १३ जेठ । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा खुम्चिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानाकारी दिए ।

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष नेपालीहरुको प्रतिव्यक्ति आम्दानी औसतमा १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यो १०८५ अमेरिकी डलर हो ।

संघीय संसदमा उनले चालु बर्षको ८ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन र विकासका बारेमा जानकारी गराएका हुन् ।
आगामी बर्षको बजेट सार्वजनिक गर्नुअघि अर्थमन्त्रीले संसदलाई चालु बर्षको अवस्थाका बारेमा जानकारी दिनु पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here