काठमाडौं, १३ जेठ । स्वास्थ्य मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत एकजना संक्रमितलाई भेटेपछि ढकाल शुक्रबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका हुन् । पूर्वसांसदकी कोरोना संक्रमित श्रीमतीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए ।
त्यसपछि मन्त्री ढकालले कोरोना परीक्षण गर्न स्वाब संकलन गराएका छन् । कोरोनाको रिपोर्ट नआउन्जेल मन्त्री ढकाल सेल्फ क्वारेन्टिनमा रहने भएका छन् । मन्त्रालय स्रोतकाअनुसार ढकाल ५ दिनदेखि मन्त्रालय पनि आएका छैनन् । यसअघि उनी शनिबारसमेत मन्त्रालय आउने गरेका थिए ।