निर्माण सामग्री र ढुवानीमा भएको मूल्यवृद्धि रोक्न महासंघको माग

काठमाडौं, १४ जेठ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र ढुवानीमा भएको मूल्यवृद्धि रोक्न सरकारसँग माग गरेको छ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै लकडाउनको अवसरमा निमार्ण सामग्रीमा मुल्य वृद्धि गरिएको भन्दै तत्काल रोक्न आग्रह गरेको हो।

महासंघले बन्दाबन्दी अगाडिको मूल्य र हालको मूल्यमा सिमेन्ट प्रतिबोरामा ८० देखि १२० रुपैयाँ र रड प्रतिकिलो १० देखि १५ सम्म मूल्यवृद्धि भएको जनाएको छ।

त्यस्तै निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दी अगाडिको मूल्यमा डेढ गुणा बढी मूल्यवृद्धि भएको महासंघले उल्लेख गरेको छ।

त्यस्तै निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दी अगाडिको मूल्यमा डेढ गुणा बढी मूल्यवृद्धि भएको महासंघले उल्लेख गरेको छ। विश्व बजारसहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य नहुने महासंघले जनाएको छ।

महासंघले कोभिड १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायीहरु १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाहरुको मूल्य समायोजन नहुँदा थप समस्यामा परेको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here