मिनी ग्रिड उर्जा पहुँच परियोजनामा १ अर्ब ९० करोड, विश्व बैंकले सघाउने

काठमाडौं, ९ वैशाख । नेपाल सरकार र विश्व बैंक बीच नेपालका ग्रामिण क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यमा नविकरणीय उर्जाकोे प्रयोग बढाउन एक नयाँ परियोजना सञ्चालन गर्ने सम्झौता भएको छ ।

सोमबार काठमाडौंमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको नेपालका लागि निमित्त कन्ट्री म्यानेजर विज्ञान प्रधानले सम्झौतामा हस्ताक्षर गरे ।

निजी क्षेत्रको नेतृत्वमा उक्त मिनी ग्रिड उर्जा पहुँच परियोजना चार वर्षको लागि सञ्चालन हुनेछ । परियोजनामा १७.२१ मिलियन अमेरिकी डलर (१ अर्ब ९० करोड रुपैयाँ) खर्च गरिनेछ ।

जसमा विश्व बैंकले ७.६१ मिलियन अमेरिकी डलर (करीब ८४ करोड ५२ लाख रुपैयाँ) आफ्न स्ट्रटेजिक क्लाइमेट फन्डबाट खर्च गर्नेछ ।

त्यस्तै, नेपाल सरकारले ६ मिलियन डलर (करीब ६६ करोड रुपैयाँ) खर्च गर्ने छ भने निजी क्षेत्रले ३.६० मिलियन डलर अर्थात करीब ४० करोड नेपाली रुपैयाँ खर्च गर्नेछ ।

यो परियोजनाले एक लाख २६ हजार ग्रामिण जनतालाई नविकरणीय उर्जा उपलब्ध गराउने छ र लघु साना जलविद्युत र सोलार आयोजनाबाट ८० भन्दा धेरै व्यावसायलाई सहयोग पुर्याउनेछ ।

यो परियोजना वैकल्पिक उर्जा प्रवर्ध्दन केन्द्र मातहतमा सञ्चालन गरिने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here