८ महिनामा थपियो ९२ अर्ब ऋण, प्रत्येक नेपालीको थाप्लोमा ३८ हजार १३९ रुपैयाँ

काठमाडौं, १४ जेठ । नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार चालू आवको फागुनसम्ममा सरकारको ऋण ९१ अर्ब ९० करोड थपिएको हो ।

सर्वेक्षण अनुसार चालू आवको फागुनसम्ममा संघीय सरकारको सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ उत्पादनको ३०.३ प्रतिशत बराबर हो ।

यो गत आवको असार मसान्तको तुलनामा ८.७६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म सरकारको सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ थियो ।

चालू आवको माघसम्ममा संघीय सरकारको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ थियो । पछिल्लो १ महिनामा मात्रै सरकारको ऋण २४ अर्ब ९९ करोडले बढेको हो ।

सरकारले देशको बढ्दो आवश्यकताहरु परिपूर्ति गर्नको लागि देशभित्रका संघ सस्था, व्यक्तिहरुबाट ऋण लिने गर्दछ भने बाहिरी देश र सस्थाहरुबाट पनि ऋण लिनुपर्ने हुन्छ ।

सार्वजनिक खर्चको लागि सरकारद्धारा यसरी लिइने ऋणलाई नै समग्रमा सार्वजनिक ऋण भन्ने गरेको पाईन्छ ।

एक नेपालीको थाप्लोमा ३८ हजार १३९ रुपैयाँ

नेपालको कुल सार्वजनिक ऋणलाई नेपालको आजको अनुमानित कुल संख्याले भाग गर्ने हो भने एक नेपालको थाप्लोमा ३८ हजार १३९ रुपैयाँ रुपैयाँ ऋण पर्न आउँछ । हाल नेपालको जनसंख्या २ करोड ९८ लाख ८५ हजार ३९६ छ ।

यद्यपी सरकारले ऋणको आकार घटाउने प्रयास भने गरिरहेको छ । पछिल्लो समय कोरोना भाइरसका कारण देशको अर्थतन्त्र नै ठप्प जस्तै भएको छ । जसले गर्दा सरकारको आम्दानीको मुख्य स्रोत राजस्व असुलीमा ठूलो गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here