कोेरोना संक्रमितको संख्या ५७ लाख नाघ्यो, २४ लाख ९४ हजार संक्रमण मुक्त

काठमाडौं, १५ जेठ । विश्वभर कोरोना भाइरसको महामारीबाट ५७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ४७३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५७ लाख ८४ हजार ६०१ पुगेको छ । संक्रमितमध्ये २४ लाख ९४ हजार ९५२ जना संक्रमण मुक्त भएका छन् ।

२९ लाख ३२ हजार ७१२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५२ हजार ९७३ जनाको अवस्था गम्भीर छ ।

यस्तै एकैदिन अरू ५ हजार २८३ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५६ हजार ९३७ पुगेको छ । नेपालमा ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार एकैदिन १ सय १४ जनामा संक्रमण देखिएको थियो। अहिलेसम्म ४७ जिल्लामा संक्रमण देखिइसकेको छ।

त्यस्तै, १ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन् भने ४ जनाको भने मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here