काठमाडौं, १५ जेठ । प्रदेश दुईमा थप ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४ सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन्।


























