थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं, १५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो ।

देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here