तीन वर्षभित्र सबैको स्वास्थ्य बीमा

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गरिने बताएका छन् ।

संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले आगामी वर्ष ४० प्रतिशत जनसंख्यालाई बीमामा समावेश गर्न स्थानीय निकायसँगको समन्वयमा कार्यक्रम अघि बढाइने पनि बताए । त्यसका लागि रु. ७ अर्ब ५० करोड छुट्याइएको छ ।

स्थानीय तहमा ५ देखि १५ शैय्या सम्मका २७२ ओटा आधारभूत स्वास्थय चौकी निर्माणका लागि रु. १४ अर्ब २७ करोड बिनियोजन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here