अन्ततः आउने भयो भुमी बैंक, आगामी वर्ष स्थापना र सञ्चालनमा आउने

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा भुमी बैंकको स्थापना र सञ्चालन गर्ने भएको छ ।

कम्तीमा ३ सय स्थानीय तहमा भुमी बैंक स्थापना गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

व्यक्तिसँग लिजमा लिएको, सरकारी जग्गा र नदीबाट जोगाइएको जमीनलाई भूमी बैंकमा राखिने छ । त्यसका लागि रु. ५० करोड व्यवस्था गरिएको छ ।

भुमी बैंकले इच्छुक व्यक्तिहरुलाई व्यावसायिक कृषिका लागि लिजमा जमीन उपलब्ध गराउने छ ।

आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटले त्यस्तो जमीनमा खेती गर्नेलाई कृषि सामग्रीमा अनुदान समेत दिने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here