प्रत्येक निर्वाचन क्षेत्रका स्थानीय तह जोड्ने सडकका लागि ३ अर्ब ३० करोड

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा प्रत्यक निर्वाचन क्षेत्रका एकभन्दा बढी स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र सडक रणनीतिक कार्यक्रम कार्यन्वयनमा ल्याउने भएको छ ।

त्यसका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले रु ३ अर्ब ३० करोड विनियोजन गरेका छन् ।

त्यसैगरी, तराईं मधेस समृद्धिसँग जोडिएको सडक पूर्वाधार विशेष कार्यक्रमका लागि रु २ अर्ब २६ करोड बिनियोजन गरिएको छ ।

बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा सुरूङ निर्माण गर्न पनि बजेट बिनियोजन भएको छ ।

काठमाडौं निजगढ द्रुतमार्गका लागी रु. ३ अर्ब ९३ करोड बजेट छुट्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here