अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन दिइने

काठमाडौं, १५ जेठ । सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमलाई पनि दिइने बताएका हुन् । यस अघि पत्रपत्रिकालगायतका संचारमाध्यमलाई मात्रै यो विज्ञापन दिंदै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here