भारतबाट फर्किदै गर्दा कृष्णनगर सीमामा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

फाइलफोटो

काठमाडौं, १५ जेठ । भारतबाट अर्घाखाँची फर्किदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

भारतको गुजरातबाट फर्किदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृत्यु भएका पुरुषमा कोरोना भएको पुष्टि भएको स्रोतले जनाएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय पुरुषको बाटोमा ज्यान गएको थियो ।

बसमा सवार भएर आएका उनको अत्यधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए। भारतवाट दुईवटा बस रिर्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्रवेश गरेका थिए।

उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको हो । सरकारको तर्फबाट आधिकारिक पुष्टि हुन बाँकी नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here