बजेटले ‘उपेक्षित’ सेयर बजार, खिन्न लगानीकर्ता

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेटले सेयर बजारलाई ‘उपेक्षित’ गरेको लगानीकर्ताहरुले बताएका छन् ।

निजी क्षेत्रका उद्योगी व्यवसायीलाई केहि राहत प्याकेज ल्याएपछि बजेटमा सेयर बजारका लागि कुनै राहत तथा सहुलियत प्याकेजको व्यवस्था गरिएको छैन ।

निजी क्षेत्रका उद्योगी व्यवसायीलाई झै यसपटकको बजेटले सेयर बजारमा लगानी गरेकाहरुलाई पनि कुनै न कुनै राहात प्याकेज ल्याउने अपेक्षा गरेका लगानीकर्ता खिन्न बनेका छन् ।

२ महिनाभन्दा बढी बन्द भएको बजार विकास तथा विस्तारका लागि कुनै ठोस आर्थिक प्याकेज बजेटमा नसमेटिए पनि बजारलाई व्यवस्थित तथा विस्तारका लागि केही नीतिगत व्यवस्था भने गरिएको छ ।

बजेटमा पूँजी बजारको दायरा विस्तार गरी ऋणपत्रको दोस्रो बजार कारोबार शुरु गरिने उल्लेख गरिएको छ ।

अरु क्षेत्रका लगानीकर्तालाई राहतका अनेकन प्याकेज आउँदा सेयर बजारका लगानीकर्ता भने उपेक्षित बनेको नेपालको सेयर बजारमा सक्रिय लगानीकर्ताका विभिन्न संगठनको दाबी छ ।

लगानीकर्ताले चिताएको र मनको कुुराहरु यो बजेटले समावेश गर्न सकेको नेपाल इन्भेष्टर्स फोरम पदाधिकारीले बताए ।

पूँजीबजारको दायरा फराकिलो बनाउने भनिएपनि, स्पष्टता नआएको नेपाल पूँजीबजार संघको दाबी छ ।

वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने र धितोपत्र बोर्ड, नेप्से र सीडीएस एण्ड क्लियरिङको संरचनात्मक सुधार गरिने बजेटमा उल्लेख गरिएकोमा लागानीकर्ताले राहतकै रुपमा लिएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाउने, पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलर सञ्चालनमा ल्याइने बजेटमा व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here