नेपालमा थप एकजनाको कोरोनाका कारण मृत्यु

फाइल फोटो

काठमाडौं, १६ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार भारतबाट फर्किदै गर्दा कृष्णनगर सीमामा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको हो।

नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो। स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय पुरुषको बाटोमा ज्यान गएको थियो ।

बसमा सवार भएर आएका उनको अत्यधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए। भारतवाट दुईवटा बस रिर्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्रवेश गरेका थिए।

उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here