बजेट कार्यान्वयन चुनौतीपूर्णः अर्थशास्त्री

सरकारले अगामी वर्षको बजेटमा राखेको वैदेशिक सहायता प्राप्त गर्नु निकै चुनौतीपूर्ण रहेको अर्थविज्ञहरुले बताएका छन् ।

राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले चालू वर्षको तुलनामा १३५ प्रतिशतले वैदेशिक सहायता बढ्ने लक्ष्य बजेटले राखेको भन्दै त्यो हासिल गर्न असम्भव रहेको बताए । अहिले परिस्थितीमा यो लक्ष्य राख्नु महात्वाकांक्षी भएको उनको भनाइ छ ।

‘हामीले राखेको लक्ष्यभन्दा ४० प्रतिशत कममात्रै वैदेशिक सहायता प्राप्त हुनसक्छ,’ डा शर्माले भने, ‘अर्कातर्फ उद्योगधन्दा ठप्प छ्न्, रेमिट्यान्स २० प्रतिशतले घटिसकेको छ र यो अवस्थामा ७ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य महात्वांक्षी नै हो ।’

अर्थशास्त्री प्रा. डा. गोविन्द नेपालले वर्तमान कोभिडको विषम परिस्थितिअनुसार उपयुक्त साइजका बजेट आएको बताए ।

यो बजेट सबैको सहमतिमा आएको उल्लेख गर्दै उनले कोरोनालाई बढी प्राथमिकता दिनु सकारात्मक भएको र रोजगारी सिर्जनाका क्षेत्रमा गर्न धेरै कार्यक्रम आएको बताएका छन् ।

बजेटमा राहत प्याकेज पर्याप्त नभएकाले पुनः कार्यदल बनाएर सरकार रोजगारदाता, बैंक तथा श्रमिक सबैको सहभागितामा पुनरावलोकन गर्नुपर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here