४८ मेगापिक्सेल क्यामेरायुक्त ओप्पो एफ ११ प्रो नेपालमा, मुल्य ४७ हजार ९००

काठमाडौं, वैशाख १० । चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले आफ्नो लोकप्रिय एफ सिरिजको नयाँ स्मार्टफोन एफ ११ प्रो नेपालमा सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंमा ओप्पो नेपालका लागि सीइओ बब्बी झाओले फोन सार्वजनिक गरे ।

एफ ११ प्रो थुप्रै नयाँ विशेषता र उत्कृष्ट डिजाइन सहितकाे मध्यम स्तरकाे फाेन भएकाले त्यसलाई नेपाली उपभाेक्ताले मनपराउने कम्पनीले दाबी गरेको छ ।

स्क्रिन साइजलाई बढाउनको लागि ओप्पोले पहिलो पटक एफ ११ प्रोमा पप–अप सेल्फी क्यामेरा राखेको छ । फोनमा ६.५ इन्चको फुल एचडी डिस्प्ले रहेको छ ।

त्यस्तै सेल्फी फोनको रुपमा परिचित ओप्पोले एफ ११ प्रोमा रियर क्यामेरालाई पनि धेरै राम्रो बनाएको छ । फोनमा ४८ मेगापिक्सेल र ५ मेगापिक्सेलको डुअल रियर क्यामेरा रहेको छ । जसले लो लाइटमा समेत गुणस्तरीय तस्वीर खिच्ने कम्पनीले बताएको छ ।

ओप्पोले हलिउडको प्रख्यात सुपरहिरो फिल्म एभेन्जर्ससँग सहकार्य गरि लिमिटेड एडिसनको एफ ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसन समेत बजारमा ल्याएको छ ।

 

मुल्य कति ?

नेपालमा ओप्पो एफ ११ प्रोको मुल्य ४७ हजार ९०० रुपैयाँ तोकिएको छ भने लिमिटेड एडिसनको ओप्पो एफ ११ प्रो मार्भल्स एभेन्जर्सको मुल्य ४९ हजार ९०० तोकिएको छ ।

त्यस्तै ओप्पो एफ ११ को मुल्य भने ३७ हजार ९०० रहेको छ ।

एफ ११ प्रो किन्नको लागि ओप्पोले वैशाख १० गतेदेखि १५ गतेसम्म प्रिअर्डर बुकिङ खुलाएको छ । कम्पनीका अनुसार फोन नेपाली बजारमा वैशाख १६ गतेदेखि उपलब्ध हुनेछ ।

के के छन् विशेषता ?

अपेरेटिङ सिस्टमः एन्ड्रोइड ९ मा आधारित कलर ओएस ६

क्यामेराः डुअल (४८ मेगापिक्सेल + ५ मेगापिक्सेल)

फ्रन्ट क्यामेराः १६ मेगापिक्सेल पप–अप

डिस्प्लेः ६.५ इन्च फुल डिस्प्ले

रिजोलुसनः १०८०×२३४० एचडी

स्क्रिन रेसियोः ९०.९ प्रतिशत

र्यामः ६ जिबी

स्टोरेजः १२८ जिबी

बेट्रीः ४००० एमएएच (भुक ३.० चार्जिङ सिस्टम)

उपलब्ध रंगहरुः अरोरा ग्रिन र थण्डर ब्ल्याक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here