शाओमी मी १० र मी नोट १० लाइट नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

काठमाडौं, १७ जेठ । शाओमीले सनिबार नेपालमा मी सीरीजमा दुई फ्ल्यागशिप स्मार्टफोन—मी नोट १० लाइट र मी १० सार्वजनिक गरेको घोषणा गरेको छ ।

मी १० नेपालका लागि पहिलो र सबैभन्दा नयाँ स्मार्टफोनको प्रीमियम फ्ल्यागशिप हो जसमा १०८ मेगा पिक्सल क्वाड क्यामेरा सेटअप, ५ जी कनेक्टिभीटिका लागि क्वालकम स्न्यापड्रेगन ८६५ मोबाइल प्लाटफर्म, थ्री डी कव्र्ड एमोलेड डिस्प्ले, शक्तिशाली ४७८० एमएएच ब्याट्री, र ३० वाट्ट वायरलेस चार्जिंग रहेको छ ।

मी नोट १० लाइटले ६.४७ इन्च एमोलेड डिस्प्ले, भर्सटाइल ६४ एमपी क्वाड क्यामेरा सेटअप, शक्तिशाली क्वालकम स्न्यापड्रेगन ७३० जी एसओसी र ठूलो क्षमता भएको ५२६० एमएएच ब्याट्री प्रदान गर्दछ ।

१०८ एमपी क्वाड क्यामेरा सेटअपको साथ मी १०

यो उपकरण पछिल्लो फ्ल्यागशिप क्वालकम स्न्यापड्रगन ८६५ चिपसेट द्वारा संचालित छ । यसमा छिटो ५जी कनेक्टिभीटीको लागि एक्स ५५ मोडेम रहेको छ, र एकै पटकमा तीन नेटवर्कहरू (२.४ जीएचजेड वाईफाई, ५ जीएचजेड वाईफाई र मोबाइल डाटा) एकैसाथ जडानको लागि ५ जी मल्टिलिंक समर्थन गर्दछ ।

८ जीबी र्याम र १२८ जीबी वा २५६ जीबी रोम (यूएफएस ३.०) को साथ, मी १० ले द्रुत प्रतिक्रिया र एक अल्ट्रा—स्मुद अपरेटिंग अनुभव प्रदान गर्दछ ।

परिष्कृत कुलिंग प्रणालीको साथ जोडिएको मी १० ले लिक्विड कूल २.० प्रयोग गर्दछ जुन ठूलो भ्यापर च्याम्बर समावेश भएको, साथै स्थिर पिक पर्फमेन्स सुनिश्चित गर्न र तातोलाई हटाउनका लागि मल्टि—लेयर ग्रेफाइट र ग्राफिन स्ट्याक्स भएको एक उन्नत कूलिंग प्रणाली हो ।

मी १० ले ओआईएस सक्षम १०८ एमपी क्वाड रियर क्यामेरा सेटअपको साथ स्मार्टफोन फोटोग्राफी र भिडियोग्राफी पुनःपरिभाषित गर्दछ । प्रयोगकर्ताहरूले १०८ एमपी प्राइमरी सेन्सरको साथ नाङ्गो आँखा नदेखिने विवरणहरूको अल्ट्रा—क्लियर शटहरू पनि खिच्न सक्छन् र १२३ डिग्री एफओभीको साथ १३ एमपीको अल्ट्रा—वाइड एङ्गल लेन्सका माध्यमबाट वस्तुहरुको पूर्ण दृश्य अनुभव गर्न सक्दछन् ।

समर्पित म्याक्रो लेन्सले प्रयोगकर्ताहरूलाई विविड क्लोज—अप शट लिन मद्दत गर्दछ, जबकि डेप्थ सेन्सरले प्राथमिक सेन्सरलाई पोट्रेटका लागि चिल्लो बोकेह मोड बनाउन मद्दत गर्दछ । मी १० ले ३० एफपीएसमा यूएचडी ८ के भिडियो रेकर्डिंग समर्थन गर्दछ ।

मी १० एक चम्किलो १६.९ सीएम (६.६७ इन्च) थ्री डी कव्र्ड एमोलेड एज—टु—एज डटडिस्प्लेको साथ कलर टेक्नोलोजीले रंगको शुद्धताको उच्च डिग्रीको साथ चित्रहरू पुनःउत्पादन गर्न अनुमति दिन्छ ।

मी नोट १० लाइट

यसमा फस्ट क्लास ६.४७ इन्च थ्री डी कव्र्ड एमोलेड डिस्प्ले र पछाडि थ्री डी कव्र्ड ग्लास रहेको छ ।

चार कुनामा स्मुद कर्भड् र टेपर्ड एजको साथ, मी नोट १० लाइटले उत्कृष्ट यगतकतबलमष्लन ९१.४ प्रतिशत स्क्रीन—टु बडी अनुपात दिन्छ ।

इन—स्क्रिन फिंगरप्रिन्ट डिटेक्टर सेन्सरले तपाइँलाई तत्कालै एक झप्कोमा आफ्नो दैनिक तालिका अनलक गर्न अनुमति दिन्छ । दुबै उपकरणको अगाडि र पछाडि कोर्निंग गोरिला ग्लास ५ द्वारा सुरक्षित गरिएको छ ।

यस उपकरणले उत्कृष्ट गुणस्तरको क्यामेरा क्षमताहरू पनि प्रदान गर्दछ । यसको बहउपयोगी ६४ एमपी क्वाड क्यामेरा सेटिंग र उद्योगकै अग्रणी सोनी आईएमएक्स ६८६ सेन्सरलाई छिटो तस्विरहरूको लागि, र अल्ट्रा—वाइड एङ्गल फोटोहरूको लागि समर्पित सेन्सरहरू, नजिकको म्याक्रो शटहरू, र भव्य चित्रहरूको प्याक प्रदान गर्दछ ।

९६० एफपीएस स्लो मोशन क्याप्चर, ४ के भिडियो शूटिंग र भ्लग मोड जस्ता प्रेरणादायक कार्यहरूको साथ साथ, मी नोट १० लाइटले तपाईंको दिन र रातको उत्तम पलहरु खिच्नका लागि उत्कृष्ट उपकरण प्रदान गर्दछ ।

मी नोट १० लाइटले क्वालकम स्न्यापड्रेगन ७३० जी मोबाइल प्लेटफर्म र ८एनएम प्रोसेस टेक्नोलोजी लिएर आएको छ ।

यसको विशाल ५२६० एमएएच ब्याट्रीले गर्दा एक पटक चार्ज गरेर दुई दिन प्रयोग गर्न सकिन्छ । र ईन—बक्स ३० वाट्ट फास्ट चार्जरको साथ, यो नयाँ उपकरणले बिनारुकावट काम र खेलका लागि तपाईंको स्टर्ड् साइडकिकको रूपमा काम गर्दछ ।

मी १० दुईवटा कलर भेरियन्टमा उपलब्ध हुनेछ —ट्वीलाइट ग्रे र कोरल ग्रिन ८जीबी + २५६जीबी भेरियन्टमा रु ८९,९९९ मुल्यमा उपलब्ध हुनेछ ।

मी नोट १० लाइट ६जीबी + १२८जीबी भेरियन्टमा तीन कलर अप्सनहरुमा उपलब्ध छ —मिडनाइट ब्ल्याक, ग्लेसियर ह्वाइट र नेबुला पर्पलमा रु ४४,९९९ मुल्यमा उपलब्ध हुनेछ ।

दुवै फोनहरु खरिदका लागि अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर डराज डट कम डट एनपी र सस्तो डिलमा छिटै उपलब्ध हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here