२४ घण्टामा २५७५ जनाको पिसिआर परीक्षण, कुन जिल्लामा कति थपिए ?

काठमाडौं, १७ जेठ । नेपालमा कोरोनाको आशंकामा १ लाख ७३ हजार ७ सय ८४ जनाको कोरोना परीक्षण भएको छ ।

६६ हजार ७ सय २९ जनाको पिसिआर र १ लाख ७ हजार ५५ जनाको आरडिटिबाट परीक्षण गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानाकारी दिए ।

गएको २४ घण्टामा मात्र २ हजार ५ सय ७५ जनाको पिसिआरबाट कोरोना परीक्षण भएको छ। उक्त परीक्षणबाट थप १८९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।

थपिएमा मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जना रहेका छन् । उनिहरुमध्ये धनुषाका ७ जना, झापाका एक जना कपिलवस्तुका ७७ जना, ललितपुर १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका ६ जना र सिराहा ११ जना छन्।

यसैगरी रुपन्देहीका २६ र कपिलवस्तुका २९ जनामा पनि कोरोना संक्रमण देखिएको छ। यस्तै धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा पनि कोरोना संक्रमण देखिएको छ।

विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा २ जनको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू दुवै जना संखुवासभाका हुन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू कपिलवस्तुका ३ जना छन् भने दाङका ५ जना छन्।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भने ३ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु बाराका १ जना हुन् भने पर्साका २ जना हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू सबै दैलेखका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here