कर्णाली प्रदेश थप ५९ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ जेठ । कर्णाली प्रदेश थप ५९ जनामा कोरोना संक्रमण देखिएको छ।

जुम्लास्थति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतको प्रयोगशाला परीक्षणमा नयाँ संक्रमित पुष्टि भएको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयले शनिबार राती ९:४५ मा सार्वजनिक गरेको विवरण अनुसार प्रदेशमा १ जना महिला र ५८ जना पुरुषमा संक्रमण देखिएको हो।

शनिबार थपिएका ५९ सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ। संक्रमितमध्ये शनिबार १ जनाको मृत्यु भएको छ।

दैलेख दुल्लु नगरपालिकका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। दैलेख दुल्लु नगरपालिका ७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा रहेका उनको शनिबार बिहान ७ बजे मृत्यु भएको थियो।

कर्णालीमा थप भएका ५९ संक्रमितसहित नेपालमा संक्रमितको संख्या १ हजार ४ सय ६० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here