कोरोना भाइरसविरुद्धको खोप ६ महिनापछि बजारमा आउने चीनको दाबी

काठमाडौं । चीनले आफूले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सन् २०२० को अन्तिमसम्म बजारमा आउने सम्भावना रहेको दाबी गरेको छ।

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले चीनमा कारोना भाइरसविरुद्धको भ्याक्सिन बनेको बताउँदै २०२० को अन्त्यसम्म बजारमा वितरण गरिने जनाएको छ ।

चीनको एसेट्स सुपरभिजन एन्ड एडमिनिस्ट्रेसन कमिसनले शनिबार सामाजिक सञ्जाल विच्याटमार्फत उक्त जानकारी दिएको हो ।

उसका अनुसार वुहान इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्सले खोप बनाएको हो। जुन खोप २ हजार जनामा परीक्षण गरिसकिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ।

खोप दोस्रो चरणको परीक्षणमा गइसकेको चीनले जनाएको छ। विच्याटमा भनिएको छ( उक्त खोप यो वर्षको अन्त्य तथा अर्को वर्षको सुरुमै बजारमा आउन सक्छ।

यो भनेको यही सन् २०२० को अन्त्यमा हो। आज मे ३१ भइसकेको छ। यस हिसाबले अब अन्तिम महिना डिसेम्बर आउन ६ महिना मात्र बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here