प्रभु बैंकका ग्राहकको साविकको खाता परिवर्तन, यसरी लिनुस् नयाँ खाता नम्बर

काठमाडौं, १८ जेठ । प्रभु बैंकले आफ्ना ग्राहकहरुको साविकको खाता नम्बर परिवर्तन गरेको छ । बैकिङ सफ्टवेयर प्रतिस्थापन कार्य सम्पन्न गरेसँगै खाता परिवर्तन, गरेको हो ।
बैंकले पुरानो पुमरी सफ्टवेयरको हटाई त्यसको सट्टामा फिन्याकल सफ्टवेयर प्रचलनमा ल्याएको छ । सफ्टवेयर परिवर्तनसँगै बैंकले ग्राहकको खाता नम्बर परिवर्तन भएको जनाएको छ ।

बैंकले सूचना जारी गर्दै परिवर्तित नयाँ खाता नम्बर लिन आफ्नो अनुकूल समयमा आफूलाई पायक पर्ने शाखामा सम्पर्क राख्न ग्राहकलाई आग्रह गरेको छ ।
बैंकले माबाइल बैंकिङ सेवा लिएका ग्राहकलाई भने एसएमएसबाट खाता नम्बर पठाउने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here