कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण

काठमाडौं, १९ जेठ । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जारी गरेको बिज्ञप्तिमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

यो सँगै कर्णालीमा संक्रमितको संख्या १ सय ६६ पुगेको छ। पछिल्लो तथ्यांकअनुसार दैलेखमा मात्रै ७२ जनामा संक्रमण देखिएको छ।

दैलेखमा एक युवाको कोरोनाका कारण मुत्यु भएको छ। त्यस्तै सुर्खेतमा २९ जनामा संक्रमण देखिएको छ भने सल्यानमा २५ जना संक्रमित छन्।

त्यस्तै जुम्लामा दुई प्रहरीसहित १९ जनामा संक्रमण फैलिएको छ। कालिकोटमा १८ जना संक्रमित छन भने मुगु, बाजुरा र बझाङमा एक एक जनामा संक्रमण देखिएको छ। यो सँगै कर्णालीका आठ जिल्लामा कोरोनाको संक्रमण भेटिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here