डिभी चिठ्ठाकाे नतिजा शनिबार

काठमाडौं । अमेरिकाले गत वर्ष खोलेको डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आगामी शनिबार अर्थात् जुन ६ मा सार्वजनिक हुने भएको छ ।

डिभी चिठ्ठाको नतिजा मे ५ मा सार्वजनिक हुने तय भएकोमा एकमहिना पछाडि सारिएको थियो ।

अमेरिकी विदेशमन्त्रालयको श्रोतसाधन अमेरिकाबाहिर रहेका अमेरिकी नागरिकका लागि परिचालन गरिएको भन्दै मे ५ मा सार्वजनिक हुने डिभी लोटरीको नतिजा पछाडि सारेको थियो ।

त्यस्तै कोरोनाको महामारीका सन्दर्भ उत्पन्न समस्या समाधानमा लागेकाले डिभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेशमन्त्रालको भनाई छ ।

सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी खुलेको थियो । डिभी लोटरीको नतिजा ढिलो भएपनि आगामी आर्थिक बर्षका लागि अन्तरवार्ता तय हुनमा भने कुनै असर नपर्ने जनाइएको छ ।

सन् २०२१ का लागि डिभी पारेकाहरुको अन्तरवार्ता आगामी अक्टोबर १ देखि सुरु गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here