‘धनी र मध्यम वर्गले चढ्ने गाडीको वर्गीकरण गरि विलासीमा कर लगाइएकै हो’- अर्थमन्त्री

काठमाडौं, १९ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले कमजोर र धनीले चढ्ने विद्युतीय गाडी वर्गीकण गरेका कर लागाईएको स्पष्टीकरण दिएका छन् ।

संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले वर्गीकरण गरि विलासिताका साधनमा करको दर परिवर्तन गरिएको बताए ।

‘सार्वजनिक यातायतको साधानमा १ प्रतिशतमा भन्सार छ, त्यो परिवर्तन गरिएको छैन ।’ विलासीताका निजी कारमा छुट दिनु उपयुक्त नरहेको बताउँदै आफूले सोचेरै यो निर्णय गरेको खतिवडाले बताए ।

सार्वजनिक यातायातको प्रणालीलाई विद्युतीय बनाउने सरकारको प्रतिवद्धता अनुसार त्यसमा भन्सार सहुलियत कायमै राखेकोले निजी क्षेत्रले पनि यसमा काम गर्नुपर्ने उल्लेख गरे।

अझै पनि विद्युतीय निजी सवारीको भन्सार महसुल अरुभन्दा ५० प्रतिशत कम रहेको बताउँदै खतिवडाले अन्तःशूल्कको दर पनि कम भएको बताए ।

उनले महंगा सवारी साधन आयात गर्दा विद्युतीय खपत बढेपनि ठूलो परिमाणमा विदेशी मुद्रा पनि बाहिरिने बताए ।

अर्थतन्त्रको समग्र पक्षलाई हेर्दा यतिसम्म छुट दियो भने विद्युतीय सवारीको प्रयोग प्रोत्साहन भइरहने आफूले बुझेको उनले बताए ।

‘पहिले एकै दर कायम गर्ने गरिएको थियो, अहिले ६ वटामा वर्गीकरण गरिएको छ,’ उनले भने, ‘तदअनुरूप वर्गीकरण गरिएको छ। अहिले पनि भन्सार महसुल ५० प्रतिशत कम छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here