थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८११

काठमाडौं, १९ जेठ । नेपालमा सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका सात, रुपन्देही र पाल्पामा दुईरदुई तथा नवलपरासी र गुल्मीमा एकरएक जना गरी १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित जानकारी दिएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एक जना डिस्चार्ज भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई सय २२ पुगेको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here