विश्वभर ६३ लाख ६५ हजार संक्रमित, २९ लाख संक्रमण मुक्त

काठमाडौं, २० जेठ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६३ लाख ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५० जना नयाँ संक्रमित थपिएसँगै संक्रमण हुनेको संख्या ६३ लाख ६५ हजार ६२५ पुगेको हो ।

संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३ लाख ७७ हजार १ सय ४८ पुगेको छ ।

३० लाख ८४ हजार ८०० जनाको उपचार भइरहेकोमा ५३ हजार ४०२ जनाको अवस्था गम्भीर छ भने २९ लाख ३ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here