अनुदान लिन उखु किसानलाई दर्ता र बैंक खाता अनिवार्य

काठमाडौं, २० जेठ । सरकारले सबै उखु किसानलाई सम्बन्धित स्थानीय तहमा आफू दर्ता हुनको लागि अनुरोध गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक सूचना जारी गर्दै चिनी मिललाई बिक्री गर्ने उखु किसानलाई सम्बन्धित स्थानीय तहमा आफू दर्ता हुन अनुरोध गरेको हो ।

किसान दर्ता हुने प्रक्रिया तथा कागजात स्थानीय तहमै उपलब्ध हुने बताइएको छ । सरकारले दिने लागेको अनुदान वितरण सहज बनाउनको लागि पाउने नाम दर्ता गर्न लगाएको हो ।

कृषि मन्त्रालयले किसानले आवेदन दिएअनुसार लगत संकलन गरेर अनुदानको व्यवस्था गर्न लागेको जनाएको छ । यो लगत संकलनमा छुटेमा किसानले सरकारी अनुदान पाउने छैनन् ।

आफूलाई दर्ता गर्न कृषकको बैंक खाता अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । व्यवस्थाअनुसार स्थानीय तहमा दर्ता नभएका उखु किसानले सरकारको अनुदान पाउने छैनन् ।

उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि (दोस्रो संशोधन), २०७५ अनुसार आगामी आर्थिक वर्षदेखि यस्तो व्यवस्था कार्यान्वयन हुन लागेको हो ।

उखु उत्पादकलाई अनुदान दिन सरकारले ९५ करोड बजेट छुट्याईएको छ । आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here