‘जुम एप’ मा नयाँ विषेशता थप, अब गोपनीयता सुनिश्चित

काठमाडौं । भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ विषेशता तथा सेवाहरू थप गरेको छ । विषेशगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका सञ्चालकले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप गरिएको बताएका छन् ।

“जुम एपको सबैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षा लगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको छ,” अधिकारीहरूले भनेका छन् ।

त्यसैगरी, पासवर्ड, वेविनार तथा क्लाउड रेकर्डिङ, एडमिन, सेटिङ, बैठकको समय अवधि लगायतका विषयमा पनि केही सुधार गरिएको कम्पनीले जनाएको छ ।

विश्वभरी कोरोना भाइरस संक्रमण फैलिन थालेपछि घरबाटै कुराकानी, बैठक, छलफल गर्न तथा सञ्चार माध्यमहरूले अन्तर्वार्ता लिनका लागि जुमको प्रयोग अत्यधिक हुन थालेको छ ।

तर कतिपय बैठक तथा छलफल गोप्य तथा सुरक्षित हुनुपर्ने भएकाले यसको गोपनीयता र सूचनाको सुरक्षामा प्रश्न उठ्दै आएको थियो । भारतको केन्द्रीय गृह मन्त्रालयले पनि गत अप्रिलमा जुमबाट हुने बैठक गोपनीयताको दृष्टिकोणले सुरक्षित नरहेको भन्दै औपचारिक प्रयोजनका लागि त्यसको प्रयोग नगर्न निर्देशन जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here