‘नयाँ नक्सा जारी गर्नुमा कसैको हात छ, नेपालसँगको सम्बन्ध टुट्न दिने छैन ‘

काठमाडौं, २१ जेठ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले सीमाबारे नेपालले चालेका पछिल्लो कदमबारे मुख खोलेका छन् ।

नेपालले अतिक्रमित लिम्पियाधुरासम्मको भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेको दुईसाता पछि सिंहले अभिव्यक्ति दिएका हुन् । मंगलबार साँझ जी न्युजसँगको अन्तर्वार्तामा सिंहले नेपालले चालेका पछिल्ला कदममा ‘कसै न कसैको हात रहेको’ टिप्पणी गरेका हुन्।

उनले नेपालसँग भारतको सदियौँदेखिको भावनात्मक सम्बन्ध कुनै पनि हालतमा टुट्न नदिने बताउँलै नेपालको पछिल्लो गतिविधीमा पछाडि कसै न कसैको हात रहेको आरोप लगाए ।

जेठ महिनाको सुरुमा भारतीय सेनाध्यक्ष एमएम नरवणेले नेपालले अर्को मुलुकको आदेशमा सीमासम्बन्धी असन्तुष्टि प्रकट गरेको आरोप लगाएका थिए। उनको भनाइको भारतमा समेत विरोध भएको थियो।

‘नेपालका केही मान्छे यताउता सोच्दा हुन्, तर म नेपालबारे नराम्रो सोच्दिनँ,’ उनले थपे, ‘नेपालसँग सम्बन्ध राम्रो बनाउन जे गर्नुपर्छ, भारतले गर्नेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here