लेबल्सले सुरु गर्यो डिजिटल स्टोर, अनलाइनबाटै ब्राण्डेड सामान किन्न सकिने

काठमाडौं १० वैशाख । कपडा, जुत्ता लगायतका अन्तराष्ट्रिय ब्राण्डेड सामानको व्यापार गर्दै आएको लेबल्स स्टोरले आफ्नो सेवा सञ्चालनको १८ वर्ष पुरा भएको अवसरमा डिजिटल स्टोर सुरु गरेको छ ।

पहिले रुट्स फेसनको नामले चिनिने लेबल्सको काठमाडौं उपत्यकामा १३ वटा स्टोरहरु रहेका छन् । नेपालमा एडिडास, रिबोक, लिभाइज, फिटबिट, क्युब बाइकहरुको अधिकृत बिक्रेताको रुपमा काम गर्दै आएको लेबल्सले आगामी दिनमा अन्य ब्राण्डका सामानहरु पनि बिक्री गर्ने योजना बनाएको छ ।

स्टोरले मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी आफ्नो डिजिटल प्ल्याटफर्मको रुपमा लेबल्स.कम.एनपी (labels.com.np) सार्वजनिक गरेको हो ।

कार्यक्रममा लेबल्स नेपालका म्यानेजर सञ्जिव तुलाधारले उपभोक्ताहरुले एप्पल र एन्ड्रोईड दुबै मोवाईलमा लेवल्सको एप डाउनलोड गरेर आफुलाई मन पर्ने सामानको बुकिङ्ग गर्न सक्ने बताए ।

सेवाग्राहीहरुलाई थप सेवा दिने उद्देश्यले दुई महिनासम्म सेवा शुल्क विना नै सामान डेलिभरी गर्ने पनि कम्पनीले बताएको छ ।

दुई महिना पछि भने काठमाडौंं उपत्यका भित्र एक सय रुपैयाँ र उपत्यका बाहिरका कुनैपनि ठाउँमा दुरी अनुसार बढीमा दुई सय पचास रुपैयाँ सम्म लिने कम्पनीले जानकारी दिएको छ ।

साथै अनलाईनमा बुकिङ्ग गरेको कुनैपनि सामान आफुलाई ठिक नभएमा वा अन्य कुनै समस्या आएमा एक्सचेन्जको व्यवस्था पनि रहेको बताईएको छ ।

त्यस्तै कम्पनीले लेबल्स कोइन नामक लोयल्टी प्रोग्राम पनि सञ्चालन गर्ने र नियमित ग्राहकले पोइन्ट प्राप्त गरी फाइदा लिन सक्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here